+
+
Shares

कांग्रेस देउवा पक्षका नेताहरूको पुनरावलोकन निवेदन अध्ययन गर्दै सर्वोच्च अदालत

निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते ११:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको निर्णय विरुद्धको पुनरावलोकन निवेदनमाथि बिहीबार तीन सदस्यीय इजलासले अध्ययन गर्ने भएको छ ।
  • प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले निवेदनमा पुनरावलोकनको अनुमति दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ ।
  • निवेदनमा निस्सा हुने आदेश भएमा सर्वोच्च अदालतले मुद्दाको पुनः सुनुवाइ गर्नेछ भने निस्सा नभएमा यसअघिको निर्णय नै अन्तिम हुनेछ ।

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको निर्णय विरुद्ध परेको पुनरावलोकन निवेदनमाथि विहीबार सर्वोच्च अदालतका तीन न्यायाधीशले अध्ययन गर्ने भएका छन् ।

निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो ।

पूर्ण इजलासले सुनुवाई नगरी चेम्बर (न्यायाधीशहरूको कार्यकक्ष)मा बसेर निवेदनको अध्ययन गरी पुनरावलोकनको अनुमति हुने वा नहुने भनी आदेश गर्नेछ ।

कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा र पूरानो कार्यसमितिको तर्फबाट तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले देउवा र खड्काको निवेदनमाथि निस्सा हुने आदेश गरेमा तीन सदस्यिय पूर्ण इजलासले फेरि शुरुदेखि मुद्दाको सुनुवाई गर्नेछ । निस्सा नहुने आदेश गरेमा सर्वोच्च अदालतले यसअघि नै टुंग्याएको निर्णय अन्तिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?