+
+
Shares

१३ अंक घट्यो सेयर बजार, ६४ कम्पनीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सेयर बजार परिसूचक नेप्से १३.८२ अंकले घटेर २६५४ अंकमा कायम भएको छ।
  • बजारमा आज कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
  • व्यापार बाहेकका अन्य सबै समूहगत सूचकमा गिरावट आएको छ भने ६४ कम्पनीको मूल्य बढेको छ।

२१ साउन, काठमाडौं । बिहीबार सेयर बजारमा ६४ कम्पनीको मूल्य बढेको छ भने २०२ को घटेको छ । कारोबार भएका अरु १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

समग्रमा बजार परिसूचक नेप्से १३.८२ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज दिनभर बजार ओरालोमा रह्यो ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको भयो । आज व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । सो समूहगत सूचक ०.५९ प्रतिशत बढ्यो ।

बैंकिङ ०.८४, विकास बैंक ०.३८, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.४६, जलविद्युत् ०.३८, लगानी ०.३०, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स ०.३०, निर्जीवन बीमा ०.७३, अन्य ०.२८ प्रतिशत मूल्य घट्यो।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब ४७ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ४९ करोड ८२ लाख, विकास बैंकहरुको ३१ करोड, फाइनान्सहरुको २७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो । त्यस्तै कालंगा हाइड्रोको ४.६२, सानीगढ हाइड्रोको २.४६ प्रतिशत मूल्य बढ्यो । स्नो रिभर फल्सको ५.००, जोशी हाइड्रोपावरको ४.७० तथा कृषि विकास बैंकको मूल्य ३.५० प्रतिशत घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?