News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस गरेकी छन्।
- मन्त्री चौधरीले पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणको संरक्षणका लागि तीन तहको सरकारबीच समन्वय गर्न यो विधेयक आवश्यक रहेको बताइन्।
- पशु महामारीबाट हुने क्षति न्यूनीकरण र पशुजन्य व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले उक्त कानुन निर्माण गर्न लागेको हो।
२१ साउन, काठमाडौँ । राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस भएको छ ।
आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त विधेयक पेस गरेकी हुन्।
मन्त्री चौधरीले नेपालको संविधान भाग –३ मौलिक हकअन्तर्गत खाद्यसम्बन्धी हक, उपभोक्ताको हक, स्वास्थ्यसम्बन्धी हक, स्वच्छ वातावरणको हक र सम्पत्तिको हकसम्बन्धी संवैधानिक व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा सहकार्यमा पशु तथा माछाका सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण र निवारण तथा उन्मूलन गरी पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरण स्वास्थ्य संरक्षण गर्न विधेयक आवश्यक रहेको बताइन्।
उनले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पर्दाथको व्यापार प्रवर्द्धन गर्न र पशु सङ्क्रामक रोग नियन्त्रण गर्न कानुन आवश्यक भएकाले विधेयक पेस गरेको स्पष्ट पारिन्।
राष्ट्रियसभाको आगामी बैठक साउन २२ गते शुक्रबार अपराह्न १:१५ मिनेटमा बस्ने छ ।
प्रतिक्रिया 4