+
+
Shares

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका छत्रबहादुर नेपालीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ ।
  • उनी २०८२ साल भदौमा सुनसरीस्थित झुम्का कारागारमा भएको आन्दोलनका क्रममा फरार भएका थिए ।
  • प्रहरीले विशेष सूचनाका आधारमा लालीगुराँस नगरपालिका–८ स्थित उनको आफ्नै घरबाट पक्राउ गरेको हो ।

२१ साउन, तेह्रथुम । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भई कैद भुक्तान गरिरहेकै अवस्थामा फरार व्यक्तिलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरी निरीक्षक रुपेश तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले लालीगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत तेह्रथुमको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भुक्तानका क्रममा सुनसरीस्थित झुम्का कारागारमा रहेका थिए । उनी २०८२ साल भदौ २३ र २४ गते कारागारमा भएको आन्दोलनका क्रममा फरार भएका थिए ।

फरार प्रतिवादी आफ्नै घरमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा साउन २० गते प्रहरी टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा आज करिब २ बजे उनलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?