+
+
Shares

पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फर्किए

पाकिस्तानी हिरासतबाट मुक्त भएपछि उनीहरू तोरखम र स्पिन बोल्दाक सीमा नाका हुँदै स्वदेश प्रवेश गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानका विभिन्न कारागारबाट रिहा भएका ३२५ जना अफगान आप्रवासी नागरिक स्वदेश फर्किएका छन् ।
  • शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयका अनुसार उनीहरू तोरखम र स्पिन बोल्दाक सीमा नाका हुँदै अफगानिस्तान प्रवेश गरेका हुन् ।
  • स्वदेश फर्किएका नागरिकहरूलाई उनीहरूको गृह क्षेत्रमा पठाउनु अघि विभिन्न संस्थाले आधारभूत सहायता उपलब्ध गराएका छन् ।

२१ साउन, काबुल (रासस/सिन्ह्वा) । पाकिस्तानका विभिन्न कारागारहरू बाट रिहा भएका ३२५ जना अफगान आप्रवासी कैदी बन्दीहरू अफगानिस्तान फर्किएको जनाइएको छ । शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम ’टोलोन्युज’ ले बिहीबार यो जानकारी सम्प्रेषण गरेको हो ।

पाकिस्तानी हिरासतबाट मुक्त भएपछि उनीहरू तोरखम र स्पिन बोल्दाक सीमा नाका हुँदै स्वदेश प्रवेश गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

स्वदेश फर्कनेहरूमा विभिन्न कारणले फरक–फरक अवधिसम्म पाकिस्तानका कारगारमा राखिएका परिवार, बालबालिका तथा एकल व्यक्तिहरू रहेको जनाइएको छ ।

स्वदेश फर्किएकाहरूलाई उनीहरूको गृह क्षेत्रमा पुग्नु अघि आगमनका क्रममा विभिन्न साझेदार संस्थाहरूबाट अत्यावाश्यक तथा आधारभूत सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?