+
+
Shares

ट्रम्पको दाबी- अमेरिकासँग पर्याप्त हातहतियार छन्, झुटो खबर फैलाउनेलाई कारबाही हुन्छ

पछिल्लो समय इरानसँगको युद्धमा अमेरिकाको लामो दूरीमा आक्रमण गर्ने हातहतियारको मात्रा घटेको भन्ने समाचार आएका थिए । तीनै समाचारको खण्डन गर्दै ट्रम्पको यो बयान आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १८:४४

२१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हातहतियार पर्याप्त रहेको दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिकासँग हातहतियारको भण्डारण घटेको भन्ने खबर झुटो रहेको बताएका हुन् ।

उनले उल्टो खबर लिक गर्ने विरुद्ध कडा कारबाही गरेर लामो समय जेलको सजाय गर्नुपर्ने अवस्था आउन सक्ने पनि बताएका छन् ।

‘ठूलो मात्रामा हातहतियार खासगरिकन विशेष प्रकारका हतियारका पर्याप्त स्टक हामीसँग छ,’ ट्रम्पले लेखेका छन्, ‘ठूलो मात्रामा उत्पादन पनि जारी छ । र, जरुरी परे आवश्यक परे अमेरिका पनि पठाउन सकिन्छ ।’ रक्षा कम्पनीले अमेरिकाको इतिहासमा सबैभन्दा बढी नयाँ कम्पनी र उत्पादनका इकाई बनाइरहेको पनि उनले दाबी गरेका छन् ।

ट्रम्पले जुन व्यक्तिले ‘देशद्रोही’ कुरा लिक गरेका हुन्, उनीहरूको पहिचान खोलेर कडा कारबाही गरिने बताएका छन् ।

पछिल्लो समय इरानसँगको युद्धमा अमेरिकाको लामो दूरीमा आक्रमण गर्ने हातहतियारको मात्रा घटेको भन्ने समाचार आएका थिए । तीनै समाचारको खण्डन गर्दै ट्रम्पको यो बयान आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?