+
+
Shares

कानुनी प्रक्रियालाई सम्मान गर्छौं : महामन्त्री घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ११:२६

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विषयलाई सर्वोच्च अदालतबाट पुनरावलोकनको चरणमा प्रवेश भएपछि कानुनी प्रक्रिया आफ्नो बाटोमा अघि बढ्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति कांग्रेसको विश्वास व्यवहारमै प्रतिबिम्बित हुनुपर्ने भन्दै अदालतका प्रत्येक कानुनी प्रक्रियालाई सम्मान गर्ने बताएका छन् ।

कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिहरूको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र पार्टी रूपान्तरणको साझा संकल्पबाट निर्धारित भएको महामन्त्री घिमिरेको भनाइ छ ।

उनले कानूनी प्रक्रिया अघि बढिरहे पनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनस्र्थापनाको अभियान कुनै पनि परिस्थितिमा नरोकिने दाबी गरेका छन् । ‘कानूनी प्रक्रियाले आफ्नो बाटो लिन्छ, तर संगठन सुदृढीकरण,आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनस्र्थापनाको अभियान कुनै पनि परिस्थितिमा रोकिने छैन,’ घिमिरेले लेखेका छन्, ‘यसले अझ गति पक्रने छ ।’

उनले लोकतन्त्रको सार असहमतिलाई स्वीकार गर्नु भए पनि त्यसलाई अन्तहीन विवादमा रूपान्तरण गर्न नहुने बताएका छन् । संवाद, संस्थागत प्रक्रिया र विधान नै लोकतान्त्रिक पार्टीका विश्वसनीय आधार भएको महामन्त्री घिमिरेको भनाइ छ ।

‘लोकतन्त्रको सार असहमतिलाई स्वीकार गर्नु हो, तर असहमतिलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु होइन,’ उनले लेखेका छन्, ‘संवाद, संस्थागत प्रक्रिया र विधान नै लोकतान्त्रिक पार्टीका सबैभन्दा विश्वसनीय आधार हुन् ।’

संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थालाई भन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई प्रोत्साहन गर्ने महामन्त्री घिमिरेले टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?