News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको गोकर्णेश्वरमा ३५ वर्षीया महिला र ललितपुरको महाँकालमा एक पुरुषको शव फेला परेका छन् ।
- प्रहरीका अनुसार माकलबारीस्थित बागमती खोलामा महिला र हुचिटारस्थित नदी किनारमा पुरुषको शव फेला परेका हुन् ।
- दुवै घटनाको अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
२२ साउन, काठमाडौं । काठमाडौं र ललितपुरमा दुई जना मृत फेला परेका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी र ललितपुरको महाँकाल गाउँपालिका-६ हुचिटारमा दुई जना मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार माकलबारीस्थित बागमती खोलामा पहिचान खुल्न नसकेकी करिब ३५ वर्षीया महिला शुक्रबार मृत फेला
परेकी छिन् ।
यसैगरी हुचिटारस्थित बागमती नदी किनारमा पहिचान नखुलेका एक पुरूषको शव बिहीबार फेला परेका छन् ।
दुवै स्थानका घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4