+
+
Shares

शासकीय अराजक देखिरहेको छुः गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र रास्वपाका सांसदहरूबाट शासकीय अराजकता देखिएको टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र रास्वपाका सांसदहरूबाट शासकीय अराजकता देखिएको टिप्पणी गरेका छन्।
  • सभापति थापाले संविधान संशोधनको विषयलाई सरकारले हल्का रूपमा लिएको भन्दै यसले देशलाई द्वन्द्वमा लैजान सक्ने बताए।
  • सरकारका गलत क्रियाकलापविरुद्ध कांग्रेसले निरन्तर खबरदारी गर्ने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने थापाले स्पष्ट पारे।

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र रास्वपाका सांसदहरुबाट शासकीय अराजकता देखिएको टिप्पणी गरेका छन् ।

कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय संम्मेलनमा बोल्ने क्रममा सभापति थापाले सरकारलाई बहुमतको अहंकार भएको बताए । सरकारका मन्त्री र सांसदहरुले थर्काउने कार्य गरेको भन्दै सभापति थापाले आपत्ति जनाए ।

सरकारले संविधान संशोधन जस्तो विषयलाई हल्का रुपमा लिएको बताए । सभापति थापाले भने,‘सरकारले संविधान चलाउन चाहेको छ । संविधानप्रति सरकारको बुझाईले देशलाई द्धन्द्धमा लिएर जानसक्छ ।’ सरकारका गलत क्रियाकलापको विरुद्धमा कांग्रेसले खबरदारी गरिहने थापाले बताए । उनले भने,‘प्रतिपक्षको भूमिकामा पनि हामी अरु जस्तो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?