+
+
Shares

स्थानीय तह निर्वाचनमा कम्तीमा १०० महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने तयारी छ : गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने तयारी रहेको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने तयारी रहेको बताएका छन्।
  • थापाले स्थानीय तहमा नेतृत्व लिने उम्मेदवारहरूलाई ऐन, कानून र सार्वजनिक नीतिका विषयमा दक्ष बनाउन विशेष प्रशिक्षण सञ्चालन गरिने जानकारी दिए।
  • उनले आदिवासी जनजाति महासंघलाई स्थानीय निर्वाचनमा योग्य र सक्षम व्यक्तिहरूको पहिचान गरी पार्टीको अभियानमा जोडिन आग्रह गरेका छन्।

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा मुलुकका ७ सय ५३ पालिकामध्ये कम्तीमा १०० वटामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने गरी पार्टीले तयारी थालेको बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापतिक थापाले पार्टीलाई पूर्ण समावेशी बनाउँदै सबै समुदायको समान सहभागिता सुनिश्चित गरिने स्पष्ट पारे ।

उनले केवल चुनावी प्रतिष्पर्धा मात्र नभई, निर्वाचित हुने जनप्रतिनिधिहरूलाई शासन सञ्चालनका लागि दक्ष बनाउन विशेष प्रशिक्षणको समेत योजना रहेको जानकारी दिए ।

सो अवसरमा सभापति थापाले आदिवासी जनजाति महासंघको नेतृत्वलाई स्थानीय तथा प्रदेश तहमा नेतृत्व लिन इच्छुक र योग्य व्यक्तिहरूलाई पहिचान गरी पार्टीको यस अभियानमा जोड्न आग्रह गरे ।

उनले भने, ‘हामी आगामी दिनमा मेयर, उपमेयर र वडा अध्यक्षका प्रत्यासीहरूलाई प्रशिक्षित र तयार गर्न चाहन्छौं । नेतृत्वका लागि असल नियत मात्र पर्याप्त हुँदैन । पदमा पुग्ने व्यक्तिलाई ऐन–कानूनका साथै सार्वजनिक नीति (पब्लिक पोलिसी), सार्वजनिक वित्त (पब्लिक फाइनान्स) र सिमित स्रोत–साधनको प्रभावकारी परिचालन कसरी गर्ने भन्ने विषयमा आधारभूत ज्ञान र जानकारी हुन आवश्यक छ ।’

संगठनले सिफारिस गर्ने योग्य व्यक्तित्वहरूकै आधारमा आगामी निर्वाचनका लागि सक्षम उम्मेदवारहरू तय गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?