+
+
Shares

शुक्रबारदेखि हलमा लागे ‘कमला मिस’ र ‘हली’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘कमला मिस’ र ‘हली’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन्।
  • नीर शाह निर्देशित ‘कमला मिस’ विजय मल्लको कृति ‘कोही किन बर्बाद होस्’ मा आधारित सामाजिक कथावस्तुको फिल्म हो।
  • ओम प्रतीक निर्देशित ‘हली’ फिल्मले छाउपडी प्रथाले महिलाको जीवनमा पारेको सामाजिक प्रभाव र संघर्षको कथा उजागर गरेको छ।

काठमाडौं । शुक्रबारदेखि दुई नयाँ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । नीर शाह निर्देशित ‘कमला मिस’ र ओम प्रतीक निर्देशित ‘हली’ रिलिज भएका छन् ।

यी दुबै सामाजिक कथावस्तुमा आधारित छन् । ‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बर्बाद होस्’ मा आधारित फिल्म हो ।

यसमा नीर शाह, रमेश बुढाथोकी, बास्न तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर लगायतको अभिनय छ । यो फिल्मको रनटाइम १०० मिनेट छ ।

अर्को नेपाली भाषाको फिल्म ‘हली’ ले छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका संघर्ष र सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ ।

यो फल्ममा प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक, सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरूङ, विद्या कार्की लगायतको अभिनय छ । पूजा गुरूङ र जश्मीन श्रेष्ठ निर्माता हुन् । यो फिल्मको रनटाइम १२५ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?