News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारपछि आउँदो साउन २६ गते साँझ स्वदेश फर्किने तय भएको छ ।
- हङकङमा उपचार गराइरहेका देउवाको आगमनका विषयमा नेपाल प्रहरीले पनि अध्ययन र बुझ्ने काम भइरहेको जनाएको छ ।
- प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले पत्रकार सम्मेलनमा \'हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ ।\' भन्दै देउवाको सुरक्षाबारे संक्षिप्त प्रतिक्रिया दिए।
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिटै स्वदेश फर्किने उनीनिकट नेताहरूले बताइरहेका छन् । गत भदौमा भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यतिबेला उपचारको क्रममा हङकङमा छन् ।
उनी यही साउन २६ गते साँझ स्वदेश फर्किने तालिका छ । देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किनेबारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अबिनारायण काफ्ले भन्छन्, ‘हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4