+
+
Shares

प्रहरी प्रवक्ता भन्छन्- ट्राफिक जरिबाना हाम्रो उद्देश्य होइन, दुर्घटना न्यूनीकरण पहिलो प्राथमिकता

‘हाम्रो उद्देश्य कहिल्यै पनि जरिबाना तथा चिट काट्ने होइन् । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनाका लागि ट्राफिक प्रहरी खटिएका हुन्छन्,’ प्रवक्ता काफ्लेले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १६:२७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्राफिक प्रहरीको मुख्य उद्देश्य जरिबाना उठाउनु वा चिट काट्नु नभई दुर्घटना न्यूनीकरण र नियम पालना गराउनु रहेको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताए ।
  • प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता काफ्लेले ट्राफिक व्यवस्थापन सडक सुरक्षाका लागि भएको उल्लेख गरे ।
  • सडक दुर्घटनाको दर बढ्दै गएकाले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्नेमा उनले जोड दिए ।

२२ साउन, काठमाडौं । ट्राफिक जरिबाना तिराउनु, चिट काट्नु ट्राफिक प्रहरीको उद्देश्य नरहेको प्रहरीले बताएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा ट्राफिक प्रहरी चिट काट्न मात्रै खटिएजस्तो भयो भन्नेबारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले उक्त कुरा बताएका हुन् ।

‘हाम्रो उद्देश्य कहिल्यै पनि जरिबाना तथा चिट काट्ने होइन् । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनाका लागि ट्राफिक प्रहरी खटिएका हुन्छन्,’ प्रवक्ता काफ्लेले भने ।

दुर्घटनाको दर बढ्दै गएकाले सबै पक्ष सचेत हुनु आवश्यक रहेको पनि उनले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?