+
+
Shares

देश एक्लैले बन्दैन, प्रदेश र स्थानीय तहमा पनि साथ चाहिन्छ : रास्वपा महामन्त्री आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले देशको विकासका लागि सबैको साथ र समन्वय अपरिहार्य रहेको बताए।
  • उनले पुराना दलका नेता कार्यकर्तालाई गाली नगरी आफ्नो काममार्फत जवाफ दिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
  • आचार्यले रास्वपामा नवप्रवेशीहरूलाई सम्मान गर्दै गलत गर्ने जोकोहीलाई पनि प्रश्न गर्न कार्यकर्ताहरूलाई सुझाव दिए।

२३ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले देश बनाउन सबैको साथ चाहिने बताएका छन् ।

रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले देश एक्लैले बनाउन नसकिने बताए । ‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन’, आचार्यले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ ।’

उनले स्थानीय तह र प्रदेशको निर्वाचन आउँदै गरेको उल्लेख गर्दै ती निर्वाचनमा पार्टीका नेता कार्यकर्ताको साथ चाहिने बताए ।

महामन्त्री आचार्यले रास्वपाका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई पुराना दल र त्यसमा आबद्ध व्यक्तिलाई गाली गरेर नभई कामबाट जवाफ दिन आग्रह गरे ।

रास्वपामा पुराना पार्टीबाट धेरै मान्छे आएको स्वीकार गर्दै उनले नवप्रवेशी उनीहरुलाई चित्त दुख्नेगरी टिकाटिप्पणी र गाली नगर्न आग्रह गरे ।

‘हामी त्यो सभ्यताको व्यक्ति हो, रत्नाकरलाई वाल्मिकी बनाउने त हाम्रो समाज हो नि त, त्यो कहीँ पुरानाबाट गलत व्यक्ति आएछन् भने पनि रास्वपाका साथीहरूले हेर्नुहोला, सबै जना मिलेर यो देश बनाउने हो,’ उनले भनेका छन् ।

उनले आफ्ना सांसदहरूलाई जोगाउने र गलत गर्दा प्रश्न गर्ने काम पनि गर्नका लागि नेता कार्यकर्तालाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?