+
+
Shares

चीनको ग्वाङ्झाउमा एनआरएनए एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते ९:५१

२१ साउन टोकियो । नेपालसँग विश्वभरका नेपाली समुदायलाई जोड्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ । आगामी अगस्ट १५ र १६ मा ग्वाङ्झाउमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

एनआरएनए एसिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलका अनुसार सम्मेलनमा विश्वभरबाट प्रतिनिधिहरु सहभागी हुँदैछन् । सम्मेलनमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा सहित लगानीकर्ता, नेपालका प्रमुख राजनीतिक दलका नेता, पर्यटन व्यवसायी तथा पत्रकारहरू सहभागी हुनेछन् ।

‘आरोहण २०२६’ नाम दिइएको सम्मेलनको मुख्य नारा ‘राइजिङ टुगेदरः कनेक्टिङ द नेपाली डायस्पोरा फर इन्भेस्टमेन्ट, टुरिज्म एण्ड जेनेरेशनल लिंक्स’ रहेको छ । सम्मेलनले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग जोड्ने लक्ष्य लिएको छ । आर्थिक तथा सामाजिक सम्बन्ध विशेष जोड दिइने सम्मेलन प्रचार प्रसार संयोजक खगराज गौतमले बताए ।

चीनको प्रमुख व्यापारिक केन्द्र ग्वाङ्झाउमा सम्मेलन आयोजना हुँदैछ । गौतमले भने, ‘यसले एसिया–प्रशान्तक्षेत्रमा रहेका दक्ष तथा स्रोतसाधनयुक्त नेपाली डायस्पोरालाई नेपालसँग जोड्ने अपेक्षा छ । विशेष गरी लगानी र पर्यटनका अवसरबारे छलफल गर्ने तयारी छ ।’

सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषयलाई प्राथमिकताको साथ उठाइनेछ । व्यापार तथा व्यवसायिक साझेदारी, जलविधुत, पर्यटनबारे पनि छलफल केन्द्रित हुने जनाइएको छ ।

दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई आफ्नो पहिचान, संस्कृति र मातृभूमिसँग जोड्ने विषयलाई सम्मेलनले विशेष महत्व दिएको छ । विदेशमा जन्मिएका तथा हुर्किएका युवालाई संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङमार्फत नेपालसँग भावनात्मक रूपमा जोड्ने योजना रहेको गौतमले जानकारी दिए ।

दुईदिने सम्मेलनमा पाँचवटा सत्रमार्फत कार्यपत्र प्रस्तुत गरिनेछ । पहिलो दिन नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको उपस्थितिमा उद्घाटन समारोह आयोजना गरिनेछ । सम्मेलनको समापनमा ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गरिने जनाइएको छ । जसमा नेपाल सरकारलाई नीतिगत सुझाव तथा कार्ययोजना प्रस्तुत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?