+
+
Shares

पूर्वमेयर सिंहको खोजीमा गौतमबुद्ध विमानस्थलको कुकुरसमेत परिचालन, ड्रोनबाट पनि निगरानी

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको केनाइन शाखाबाट हाम्रो ट्र्याकिङ डग सहितको प्राविधिक टोली ल्याएर सर्च गर्ने काम पनि भएको छ,’ एसपी मनोहरप्रसाद भट्टले भने, ‘केही स्थानमा ड्रोनबाट समेत निगरानी गर्यौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १०:४६
खोजीका लागि प्रयोग गरिएको कुकुर र पूर्वमेयर सिंहको मोटरसाइकल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ ।
  • प्रहरीले भैरहवास्थित विमानस्थलबाट तालिमप्राप्त कुकुर र ड्रोनको प्रयोग गरेर जंगल क्षेत्रमा खोजी गरिरहेको छ ।
  • एसपी मनोहर भट्टले भने, 'अनुसन्धानका सबै बाटाहरु खुला राखेका छौं' भन्दै प्राविधिक र स्थानीय सूचनाका आधारमा खोजी भइरहेको बताए ।

२४ साउन, काठमाडौं । शुक्रबारदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको खोजीमा प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन गरेको छ । साथै ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ ।

गोरुसिंगे क्षेत्रको जंगलमा खोजीमा सक्रिय कपिलवस्तु प्रहरी प्रमुख (एसपी) मनोहर भट्टले सो जानकारी दिएका हुन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको केनाइन शाखाबाट हाम्रो ट्र्याकिङ डग सहितको प्राविधिक टोली ल्याएर सर्च गर्ने काम पनि भएको छ,’ एसपी भट्टले भने, ‘केही स्थानमा ड्रोनबाट समेत निगरानी गर्यौं ।’

उनका अनुसार निरन्तर खोजी भइरहे पनि आज बिहानसम्म पनि पूर्वमेयर सिंहको अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रहरीका अनुसार ६५ वर्षीय सिंह अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । साढे तीन बजेतिर उनले आफू निकटका केही व्यक्तिहरुलाई ‘जंगलमा बाटो बिर्सिएँ’ भनेर मोबाइलमार्फत् जानकारी दिएका थिए ।

त्यसपछि उनका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।

कपिलवस्तुको चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा उनी शुक्रबार दिउँसो करिब ३ बजेर २७ मिनेटमा उनी रामराज पुलसम्म पुगेको देखिएको छ । त्यसपछि उनको अवस्था अज्ञात छ ।

अनुसन्धानका सबै बाटाहरु खुला राखेका छौं : एसपी भट्ट

सिंहले माछापोखरी र कुखुरापालनका लागि फार्म निर्माण गरिरहेका थिए । त्यहीँ जाने क्रममा उनी जंगल क्षेत्रमा हराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले सम्भावित सबै पाटापक्ष केलाएर अनुसन्धान गरिरहेको एसपी भट्टले बताए ।

‘जुन ठाउँमा हराएको भनिएको छ, त्यो ठाउँलाई निगरानी गर्दै खोजतलास गर्ने काम एकातिर छ भने, अर्कोतिर अन्य कुराहरुले पनि अनुसन्धानका सबै बाटाहरु खुला राखेका छौं,’ एसपी भट्टले भने ।

उनले थपे, ‘धेरै सूचनाहरु स्थानीयबाट पनि मैले जानकारी प्राप्त गरेको छु । घर परिवारसँग पनि निकट सम्बन्धमा छु, अन्य टेक्निकल कुराहरु पनि छन् । हामी त्यतातिर पनि ध्यान दिएर काम गरिरहेका छौं ।’

अपडेट– हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?