+
+
Shares

महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन आयोग र पार्टीलाई शशांकको पत्र

इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका सांगठनिक गतिविधि तत्काल स्थगित गर्न निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ ।
  • डा. शशांक कोइरालाले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनीतिक वा सांगठनिक निर्णय नगर्न आग्रह गरेका छन्।
  • सर्वोच्च अदालतले २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेपछि विवाद फेरि सुनुवाइको प्रक्रियामा गएको छ ।

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेको छ । इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेका हुन् ।

कांग्रेस नेता दीपक खड्काले सर्वोच्च अदालतको निस्सालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न दुवै निकायलाई पत्राचार गरिएको जानकारी दिए । ‘अदालतको निस्सालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्नलाई आयोग र पार्टी कार्यालयलाई अनुरोध गरेर डा. शशांकले चिठी पठाउनुभएको हो,’ उनले अनलाइनखबरसँग भने । इतर समूहले पठाएको पत्रमा निर्णयहरू रोक्का गर्न र दूरगामी निर्णयहरू नगर्न र विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ ।

‘पत्रमा पार्टीको आगामी १५ औं महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्काल स्थगित गरियोस्,’ पत्रमा भनिएको छ, ‘अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्णरुपमा यथास्थितिमा राखियोस् ।’

सर्वोच्चको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म सम्पूर्ण सांगठनिक संरचनाहरूलाई साविककै अवस्थाम ाराख्दै अदालतको गरिमा र कानुनी प्रक्रियालाई पूर्ण रुपमा सहयोग र सम्मान गर्न पनि पत्रमार्फत आग्रह गरिएको छ ।

सर्वोच्चले २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो । उक्त अनुमति पछि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ हुने भएको छ ।

यस्ता छन् पत्रहरू 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?