+
+
Shares

जेनजी आन्दोलनमा संलग्न र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गर्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जेनजी आन्दोलनमा संलग्न भई पक्राउ परेकाहरूको मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।
  • कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले उक्त विषयमा प्रतिवेदन तयार भइरहेको जानकारी गराए।
  • गृहसचिव श्रेष्ठले प्रतिवेदनको सिफारिसका आधारमा मात्र सरकारले मुद्दा फिर्तासम्बन्धी आवश्यक निर्णय लिने बताए।

२९ साउन, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा सम्लग्न भएका र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गर्दैछ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठका अनुसार, यो विषयमा छुट्टै समिति नै बनेर अध्ययन भइरहेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह सचिव श्रेष्ठले यसबारे जानकारी गराएका हुन् ।

बैठकमा समिति सभापति समिक्षा बास्कोटाले जेनजी आन्दोलनका क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा के भइराखेको छ ? भनेर सोधेकी थिइन् ।

जवाफमा गृहसचिव श्रेष्ठले अध्ययन भइरहेको बताएका हुन् ।

जेनजी आन्दोलनको क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा समिति गठन भएर काम भइरहेको उनले जानकारी गराए ।

‘कति मुद्दा छन्, कस्तो अवस्थामा छन् र कसरी मुद्दा फिर्ता हुनसक्छ भनेर प्रतिवेदन तयार भएर सिफारिस भएपछि उक्त सिफारिसका आधारमा निर्णय हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?