+
+
Shares

ओली भोलि झापा जाँदै

पर्सि, आइतबार साढे १२ बजे बिर्तामोडमा झापा एमालेले जागरण अभियान शुरु गर्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृह जिल्ला झापा जाँदैछन्।
  • आइतबार बिर्तामोडमा आयोजना हुने मिसन पार्टी जागरण अभियानको औपचारिक उद्घाटन ओलीले गर्ने कार्यक्रम तय गरिएको छ ।

२९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृह जिल्ला झापा जाने भएका छन्।

नेताहरुका अनुसार ‘मिसन पार्टी जागरण’ कार्यक्रम उद्घाटनका निम्ति झापा जान लागेका हुन्। पर्सि, आइतबार साढे १२ बजे बिर्तामोडमा झापा एमालेले जागरण अभियान शुरु गर्दैछ ।

तर एक दिन पहिले नै ओली झापा जान लागेका हुन्। ‘भोलि १० बजे झापा आउने कार्यक्रम छ,’ एमाले नेता रविन कोइरालाले भने, ‘आदिवासी जनजाति महासंघको कार्यक्रम भएकाले एक दिन अघि नै आउन लाग्नु भएको हो।’

एमालेले जिल्लाजिल्लाबाट मिसन पार्टी जागरण अभियान चलाइरहेका छन्। अन्य जिल्लामा महासचिव शंकर पोखरेल लगायत नेताहरुले उद्घाटन गरेका थिए।

ओलीका गृह जिल्ला भएकाले झापामा भने उनलाई प्रमुख अतिथि बनाएर अभियानको उद्घाटन हुँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?