News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता पल शाहले निर्माण गर्न लागेको चलचित्र ‘यानीमाया’को छायांकन बिहीबारदेखि काठमाडौंको गागलफेदीस्थित स्टुडियोबाट औपचारिक रूपमा सुरु भएको छ ।
- सामाजिक प्रेमकथामा आधारित यस चलचित्रमा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देललगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
- ओम प्रतीकले निर्देशन गर्ने उक्त चलचित्रको निर्माण चन्द्रज्योती आले र पल शाहले गरेका हुन् भने यसलाई आगामी फागुन ७ गते प्रदर्शन गरिने घोषणा गरिएको छ ।
काठमाडौं । पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’को छायांकन बिहीबारदेखि सुरु भएको छ । ३५ दिनसम्म यो फिल्मको छायांकन हुने बताइएको छ ।
पूर्वोत्तर काठमाडौंको गागलफेदीस्थित फिल्म स्टुडियोबाट छायांकन थालिएको हो । शुभसाइत पूजा गर्दै छायांकन थालिएको प्रेषित तस्वीरहरूमा देख्न सकिन्छ ।
यो फिल्मको पटकथा लेखक र निर्देशक ओम प्रतीक हुन् । यसअघि निर्देशक ओमकै फिल्म ‘मोहर’मा पलले अभिनय गरेका थिए । जुन, बक्सअफिसमा हिट फिल्म हो ।
त्यो व्यवसायिक सफलतापछि यी दुईजनाको सहकार्य ‘यानीमाया’मा सम्भव भएको हो । यो फिल्ममा शाहसहित अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्रीको अभिनय छ ।
फिल्ममा शान्न अधिकारी र मोनिका भण्डारी बालकलारको रुपमा छन् । चन्द्रज्योती आले र पलको लगानीमा तयार हुन लागेको फिल्ममा नवराज उप्रेतीको छायांकन, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई फागुनको ७ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माताले गरेका छन् । निर्माता तथा अभिनेता शाहले निर्माणमा लाग्दा छुट्टै अनुभूति भएको भन्दै एउटा उत्कृष्ट फिल्म दर्शकमाझ पस्कने बताए ।
प्रतिक्रिया 4