News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले गगन थापा नेतृत्वको कांग्रेससँग शरीरमात्रै भएको र त्यसमा पार्टीको आत्मा नरहेको आरोप लगाएका छन् ।
- काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै उनले आम निर्वाचनअघि नेतृत्व परिवर्तनका लागि गराइएको विशेष महाधिवेशनको आवश्यकता नरहेको जिकिर गरे ।
- नेता महतले पार्टीभित्र सहमति हुन नसक्नुमा आफूहरूको कुनै दोष नभएको बताउँदै अहिले आत्मासहितको नेपाली कांग्रेसको आवश्यकता रहेको उल्लेख गरे ।
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विशेष महाधिवेशनबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको कांग्रेसमा ‘आत्मा’ नभएको टिप्पणी गरेका छन् ।
इतर पक्षले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले अहिले आधिकारिकता पाएको कांग्रेससँग शरीररमात्रै भएको जिकिर गरे ।
‘हामी एक्लै हाँक्छौं भन्ने मानसकिता हावी भयो । त्यसकारण सहमति हुन सकेन । त्यसमा हाम्रो कुनै दोष छैन । तयसपछि हामीले राष्ट्रिय भेलाको आयोजना गर्यौं । हामीले किन यो आयोजना गर्यौं भने,’ उनले भने, ‘नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यसमा नेपाली कांग्रेसको आत्मा छैन । शरीरमात्रै छ । आत्मालाई जबरजस्ती त्यो शरीरबाट बाहिर धकेलियो ।’
अब अहिले आत्मासहितको नेपाली कांग्रेसको आवश्यकता रहेको उनको भनाइ छ ।
‘त्यसकारण आत्मासहितको नेपाली कांग्रेसको आवश्यकता छ । यो नजोडिकन आत्मासहितको कांग्रेस बन्न सक्दैन भनेर राष्ट्रिय भेला मन्थनका लागि आयोजना गर्यौं,’ उनले थप भने ।
वैशाखमा महाधिवेशन गर्ने भनेर भन्दाभन्दै विशेष महाधिवेशन भएकोप्रति उनको आपत्ति थियो ।
‘हामी सबै मिलेर १४ औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाजीले वैशाखमा नियमित अधिवेशन गर्ने सबैको सहभागीतामा निर्णय हुँदाहुँदै पनि विशेष अधिवेशनको प्रायोजन गरियो र के भनियो भने यदी आम निर्वाचन पहिला पार्टीको नेतृत्व परिवर्तन भएन भने नेपाली कांग्रेस परिणाम ल्याउन सक्दैन,’ उनले थप भने, ‘अत्यन्तै सानो पार्टीको रुपमा खुम्चिन्छ । नेतृत्व परिवर्तन गर्नैपर्छ, युवा नेतृत्व आउनैपर्छ । त्यसमाथि पनि फलानाकै नेतृत्व आउनैपर्छ भनेर विशेष महाधिवेशनको प्रायोजन गरियो । जसको कुनै आवश्यकता थिएन ।’
प्रतिक्रिया 4