+
+
Shares
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला :

बिहान ७ बजेदेखि खाजा, ९ बजेदेखि बन्दसत्र सुरु

सार्वजनिक कार्यतालिका अनुसार भोलि बिहान ७ बजेदेखि ९ बजेसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्यूमै खाजाको समय तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते २०:४४

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले शुक्रबारबाट सुरु गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्र सकिएको छ । पहिलो दिनको कार्यक्रम सकिँदा दोस्रो दिनको बिहानको कार्यक्रमको कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

सार्वजनिक कार्यतालिका अनुसार भोलि बिहान ७ बजेदेखि ९ बजेसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्यूमै खाजाको समय तोकिएको छ ।

त्यसपछि ९ बजेबाट बन्दसत्र सुरु हुने कार्यतालिका रहेको सचिवालय संयोजक दीपक कुइँकेलले जानकारी दिएका छन् ।

कार्यतालिकाअनुसार बन्दसत्रको सुरुमा ९ बजेदेखि १२ बजेसम्म छलफलका विभिन्न प्रस्तावहरू प्रस्तुत हुनेछन् । जसमा राजनीतिक प्रस्ताव विमलेन्द्र निधि, आर्थिक प्रस्ताव डा. प्रकाशशरण महत, समसामयिक  विषयका प्रस्ताव एनपी साउद, सांगठनिक प्रस्ताव उमाकान्त चौधरी र कानुन तथा विधानका प्रस्ताव रमेश लेखकले प्रस्तुत गर्नेछन् ।

१२ बजेदेखि २ बजेसम्म बिहानको खानाको समय तोकिएको छ । त्यसपछिको कार्यतालिका भोलि नै सार्वजनिक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?