+
+
Shares

चितवनमा बस्ती पसेको बाघको आक्रमणबाट एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको राप्ती नगरपालिका-१ मा गाउँ पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्।
  • बाघको आक्रमणबाट सोही स्थानकी दिला कुमारी तामाङको गोठमा रहेको जर्सी गाईसमेत सामान्य घाइते भएको छ।
  • चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले ११:२७ बजे उक्त बाघलाई नियन्त्रणमा लिएको छ।

३१ साउन, काठमाडौं । चितवनमा गाउँ पसेको बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

राप्ती नगरपालिका-१ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् ।

आइतबार बिहान अन्दाजी ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको थियो ।

घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?