+
+
Shares

कांग्रेस संस्थापन इतरको सम्मेलनको समापनमा पूर्णबहादुर खड्का अनुपस्थित

उनी अनुपस्थित रहेको कुरा उनको सचिवालयले पुष्टि गरेको छ । तर, कारण भने खुलाएन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १६:२३

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापनमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थित भएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा आइतबार समापनमा उपस्थित भएर मन्तव्य दिँदा खड्का भने अनुपस्थित रहे ।

उनी अनुपस्थित रहेको कुरा उनको सचिवालयले पुष्टि गरेको छ । तर, कारण भने खुलाएन ।

यसअघि, शुक्रबारको उद्घाटन समारोहमा भने खड्का उपस्थित भएर आफ्नो धारणा राखेका थिए । यस्तै शनिबारको बन्दसत्रमा पनि केहीबेर सहभागी भएर फर्किएको एक पूर्वकेन्द्रीय सदस्यले बताए ।

सम्मेलन विभिन्न पाँच बुँदे निर्णय पारित गरेर समापन भएको छ । यस्तै, सम्मेलनको बन्दसत्रमा नेताहरूले प्रस्ताव गरेका प्रतिवेदनसमेत पारित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?