News Summary
Generated by OK AI. Editorially reviewed.- पुस ९ देखि १२ गतेसम्म भृकटीमण्डपमा आयोजना हुने तेस्रो राष्ट्रिय घर निर्माण फेस्टको टाइटल स्पोन्सरमा नेक्सटाइल्स भित्रिएको छ ।
- आयोजक घर निर्माण फाउन्डेसनका अनुसार यस वर्षको मेलामा २०० भन्दा बढी स्टल राखिनेछन्, जसमध्ये ६० प्रतिशत स्टल बुकिङ भइसकेका छन् ।
- डिजिटल फेस्टको अवधारणासहित यस पटक काठमाडौं बाहिर र विदेशमा रहेका नेपालीलाई लक्षित गरी मल्टिपर्पोज स्टुडियोमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ ।
३१ साउन, काठमाडौं । तेस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स भित्रिएको छ । आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौंको भृकटीमण्डपमा हुने फेस्टका लागि नेक्सटाइल्स र आयोजक घर निर्माण फाउन्डेसनबीच सम्झौता भएको हो ।
पशुपति सेरामिक्सको उत्पादनका रुपमा रहेको नेक्सटाइल्स निर्माण क्षेत्रमा आएको ब्राण्ड हो । छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिएको यो टाइल आधुनिक डिजाइन, प्रिमियम फिनिसिङ र उच्च गुणस्तरमा आधारित छ । उत्पादक पशुपति सेरामिक्सले नेक्सटाइल्स ब्राण्डअन्तर्गत १०० प्रतिशत भेट्रिफाइड टायलको सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो टायल विशेषगरि आवासीय तथा व्यवसायिक भवनका लागि उपयुक्त विकल्प हुने कम्पनीको दाबी छ ।
निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाको रूपमा रहँदै आएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्य राखेको छ । निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि नेपालमा धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेको समस्या सम्बोधनका लागि फेस्ट आयोजना गर्न लागिएको हो ।
यसपटकको फेस्टमा पहिलेको भन्दा फरक अनुभव गर्न सकिने आयोजकको दाबी छ । यसपटक विदेशमा रहेका नेपाली समुदायलाई समेत समेट्नेगरी ‘डिजिटल फेस्ट’को अवधारणा अघि सारिएको छ । घर निर्माण फेस्टसँगै सञ्चालन गरिने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिनेछ ।
उक्त स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवासम्बन्धी जानकारी तथा विज्ञापन प्रस्तुत गर्न सक्नेछन् । ती सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ । आयोजकका अनुसार डिजिटल फेस्टको मुख्य उद्देश्य फेस्टलाई भौतिक उपस्थितिमा मात्र सीमित नराखी काठमाडौं बाहिरका अवलोकनकर्ता तथा अन्तर्राष्ट्रिय पहुँच भएका दर्शकसम्म पुर्याउनु हो ।
अघिल्लो वर्ष १५० स्टल राखिएकोमा यस पटक २०० बढी स्टलहरु राखिने छन् । प्रदशनीका लागि स्टल बुकिङमा यसपटक व्यवसायीको उत्साहित भएका छन् । हालम्म ६० प्रतिशत बुकिङ भइसकेको घर निर्माण फाउन्डेसनले जनाएको छ । गत पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न राष्ट्रिय घर निर्माण फेस्ट– २०८२ को दोस्रो संस्करणमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।
उक्त फेस्टमा १५० भन्दा बढी स्टल राखिएका थिए भने यस वर्ष प्रदर्शनीलाई थप विस्तार गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यसहित फेस्ट आयोजना गर्न लागिएको हो ।
प्रतिक्रिया 4