३१ साउन, बैतडी । बैतडी पुगेका पूर्वाधारमन्त्री सुनील लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक रायले जानकारी दिए।
‘अहिलेलाई धनगढीका लगिएको छ, त्यहाबाट काठमाडौँ लैजाने तयारी छ,’ रायले भने।
स्वास्थ्यमा समस्या आएकाले हिँडडुल गर्न सक्ने अवस्था नभएकाले हेलिकप्टरमार्फत ल्याइएको राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टले जानकारी दिए।
लम्साल शनिबार अबेर साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए। लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पुर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो। दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।
प्रतिक्रिया 4