+
+
Shares

विमानस्थलबाट वायु सेवा निगमका दुई कर्मचारी पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तोकिएको मापदण्डभन्दा बढी विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ममता पाण्डे र जननी बज्राचार्य रहेका छन्, जसले मलेसिया प्रस्थान गर्ने क्रममा अवैध रूपमा विदेशी मुद्रा बोकेका थिए ।
  • विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले उनीहरूलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग, पुल्चोक पठाइएको जानकारी दिए।

१ भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा घर भएकी ममता पाण्डे र काठमाडौंकी जननी बज्राचार्य छन् । उनीहरुले तोकिएको मापदण्डभन्दा बढी रकम लिएर बाहिर जान लागेको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले बताए । उनीहरु मलेसिया जान लागेको बताइएको छ ।

जननीबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगेट बरामद भएको छ । ममताबाट ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट बरामद भएको छ ।

पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?