+

पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

२०८३ भदौ  १ गते १५:४१ २०८३ भदौ १ गते १५:४१
पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकास मन्त्री सुनील लम्साल ज्वरो र पिसाबमा संक्रमण देखिएपछि हाल आफ्नै निवासमा आराम गरिरहेका छन्।

१ भदौ, काठमाडौं । ज्वरो आएका कारण बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साल अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयले दिएको जानकारी अनुसार स्वास्थ्य परीक्षणका क्रममा उनको पिसाबमा संक्रमण देखिएको छ ।

सुदूरपश्चिमको भ्रमणमा रहेका लम्साललाई बैतडीमा पुगेका बेला आइतबार उच्च ज्वरो देखिएको थियो । उनलाई सेनाको हेलिकप्टरबाट आइतबार नै काठमाडौं ल्याइएको थियो । गएराति नै उनको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको लम्सालको सचिवालयले जानकारी दिएको छ ।

चिकित्सकहरूले एन्टिबायोटिक औषधि सेवन गरी कम्तीमा ५ दिन पूर्ण आराम गर्न सुझाव दिएका छन् । उनलाई उच्च ज्वरोसँगै शरीर दुख्ने तथा हिँडडुल गर्नसमेत कठिन भएको छ ।

बिरामी सुनिल लम्साल स्वास्थ्य अवस्था
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

नेपालमा ‘वयस्क जेई’ अलर्ट !

नेपालमा ‘वयस्क जेई’ अलर्ट !

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन

पेट फुल्ने र भारी महसुस हुने समस्या भइरहन्छ ? छुटकारा पाउने ७ उपाय

पेट फुल्ने र भारी महसुस हुने समस्या भइरहन्छ ? छुटकारा पाउने ७ उपाय

मर्ने मान्छे त फर्किंदैनन्, अंगदान नहुँदा बाँच्न सक्नेहरू पनि मरिरहेका छन्

मर्ने मान्छे त फर्किंदैनन्, अंगदान नहुँदा बाँच्न सक्नेहरू पनि मरिरहेका छन्