News Summary
Generated by OK AI. Editorially reviewed.- युवराज सुनुवार र चाहना शाहले भदौ ५ देखि ७ गतेसम्म कोरियामा हुने सोल विश्व ट्रायथलन टेक्निकल अफिसियल्स र इभेन्ट अर्गनाइजर्स लेभल २ सेमिनार २०२६ मा सहभागिता जनाउने भएका छन्।
- नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बुधबार युवराज र चाहनालाई शुभकामनासहित विदाइ गरेका छन्।
- विदाइ कार्यक्रममा कोषाध्यक्ष निरज श्रेष्ठ, बागमती प्रदेश ट्रायथलन संघका अध्यक्ष ज्ञानकृष्ण प्रजापति र लेभल टु प्रशिक्षक सानुभाइ पौडेलको पनि उपस्थिति थियो।
३ भदौ, काठमाडौँ । युवराज सुनुवार र चाहना शाहले सोल विश्व ट्रायथलन टेक्निकल अफिसियल्स र इभेन्ट अर्गनाइजर्स लेभल २ सेमिनार २०२६ मा सहभागिता जनाउने भएका छन् ।
कोरिया ट्रायथनल महासंघको आयोजनामा हुने सो सेमिनार भदौ ५ देखि ७ गतेसम्म हुनेछ । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले कोरिया जाने टेक्निकल अफिसरद्वय युवराज र चाहनालाई बुधबार शुभकामनासहित विदाइ गरे ।
सो विदाई कार्यक्रममा नेपाल ट्रायथलन संघका कोषाध्यक्ष निरज श्रेष्ठ, बागमती प्रदेश ट्रायथलन संघका अध्यक्ष ज्ञानकृष्ण प्रजापति, र लेभल टु प्रशिक्षक सानुभाइ पौडेलको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4