+

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र

२०८३ भदौ  ५ गते १२:५६ २०८३ भदौ ५ गते १२:५६
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क औषधि उपलब्ध गराउन सरकारले पत्राचार गरेको छ।

५ भदौं, काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न सरकारले पत्राचार गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण स्थानीय तहमा पठाएको छ ।

स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले पठाइएको मन्त्रालयले जनाएको छ । संलग्न सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न गरिएको छ । सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन्।

स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता,भण्डारण तथा निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्नेछ ।

निःशुल्क औषधि स्थानीय तह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय

फोक्सो क्यान्सरको उपचार कसरी गरिन्छ ? विस्तृतमा जानौं

फोक्सो क्यान्सरको उपचार कसरी गरिन्छ ? विस्तृतमा जानौं

न्यूट्रास्युटिकल्स : बिरामीलाई नभइ नहुने हो कि अनावश्यक आर्थिक भार ?

न्यूट्रास्युटिकल्स : बिरामीलाई नभइ नहुने हो कि अनावश्यक आर्थिक भार ?