News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले आइतबार राति एस्पान्योललाई २–१ ले हराउँदै ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
- जूड बेलिङ्घमले नवौँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएपछि एलेक्स कालात्राभाले ३०औँ मिनेटमा बराबरी गोल फर्काए।
- कार्लोस एस्पीले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै रियललाई तीन अंक दिलाए।
७ भदौ, काठमाडौं । रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा जोसे मोउरिन्होको टोलीले एस्पान्योललाई २–१ ले पराजित गर्यो ।
रियलका लागि जूड बेलिङ्घमले नवौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर ३०औँ मिनेटमा एलेक्स कालात्राभाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।
खेल बराबरीतर्फ उन्मुख भएका बेला ९०औं मिनेटमा कार्लोस एस्पीले निर्णायक गोल गर्दै रियललाई तीन अंक दिलाए ।
ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले भने खेल्न बाँकी छ ।
प्रतिक्रिया 4