+
+
Shares

सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ।
  • एक सातामा सुनको भाउ १५ हजार ७ सय रुपैयाँ बढेको छ, गत सोमबार यो ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो।
  • सोमबार चाँदी तोलामा १० रुपैयाँ घटेर ४ हजार ९६५ रुपैयाँमा झरेको छ।

८ भदौ, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो । एक सातामै सुनको भाउ १५ हजार ९ सय रुपैयाँ बढेको छ । गत सोमबार सुनको भाउ ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।

चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ९७५ रुपैयाँ तोकेको चाँदीको भाउ आज ४ हजार ९६५ रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी ४ हजार ७७० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?