News Summary
Generated by OK AI. Editorially reviewed.- कपिल रिजाल निर्देशित फिल्मको पछिल्लो आइतबारसम्मको कुल ग्रस कलेक्सन २५ करोड रुपैयाँ नाघेको छ भने ९ लाख ९ हजारभन्दा धेरैले हेरेका छन्।
- सरोज खनाल स्टारर ‘हली’को ग्रस कलेक्सन २२ लाख ९६ हजार ९२० रुपैयाँ पुगेको छ र ८,३८५ जनाले हेरेका छन्।
- ‘लज्जावती’को कुल कमाइ ७ लाख ६८ हजार ४५० रुपैयाँ पुगेको छ र यसलाई २,६९६ जनाले हेरेका छन्।
काठमाडौं । प्रदर्शनरत फिल्महरूको कमाइ विवरण सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले गौंथली, हली र लज्जावतीको ग्रस कलेक्सन र दर्शक संख्या बाहिर ल्याएको हो ।
जसअनुसार, कपिल रिजाल निर्देशित फिल्मको पछिल्लो आइतबारसम्मको कुल ग्रस कलेक्सन २५ करोड रुपैयाँ नाघेको छ । यो फिल्मलाई सोही अवधिसम्म ९ लाख ९ हजारभन्दा धेरैले हेरेका छन् ।
सरोज खनाल स्टारर ‘हली’को ग्रस कलेक्सन २२ लाख ९६ हजार ९२० रुपैयाँ ग्रस छ । यसलाई कुल ८,३८५ जनाले हेरेका छन् ।
‘लज्जावती’को कुल कमाइ ७ लाख ६८ हजार ४५० रुपैयाँ छ । यसलाई २६९६ जनाले हेरेका छन् । नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ भने हलबाट पहिलो साता नै उत्रिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4