+

फर्चुना हेल्थकेयरद्वारा नेपाली उत्पादनकै स्वास्थ्य सामग्री सहयोग

२०८३ भदौ  १२ गते १४:१७ २०८३ भदौ १२ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा र नुवाकोटको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि फर्चुना हेल्थकेयरले आफ्नै कारखानामा उत्पादित स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ।
  • फर्चुना हेल्थकेयरले सिरिन्ज, कटन, गज र ब्यान्डेज नेपाल संस्थामार्फत प्रभावित क्षेत्रमा वितरणका लागि हस्तान्तरण गरेको छ।
  • अध्यक्ष ईश्वर जीसीले राष्ट्रिय विपत्तिमा नेपाली उद्योग र निजी क्षेत्रले आफ्नो क्षमता र स्रोतअनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो।

१२ भदौ, काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले फर्चुना हेल्थकेयरले आफ्नै कारखानामा उत्पादित स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ ।

फर्चुना हेल्थकेयरले सिरिन्ज, कटन, गज, ब्यान्डेजलगायतका विभिन्न स्वास्थ्य सामग्री नेपाल संस्थामार्फत प्रभावित क्षेत्रमा वितरणका लागि हस्तान्तरण गरेको हो ।

फर्चुना हेल्थकेयर तथा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले राष्ट्रिय विपत्तिको समयमा नेपाली उद्योग तथा निजी क्षेत्रले आफ्नो क्षमता र स्रोतअनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्नु आवश्यक रहेको बताए ।

‘राष्ट्रिय विपत्तिमा नेपाली उत्पादन, नेपालीको साथ भन्ने भावनाका साथ हामीले आफ्नो तर्फबाट सानो सहयोग गर्ने प्रयास गरेका हौं । हाम्रो आफ्नै कारखानामा उत्पादित स्वास्थ्य सामग्रीले प्रभावित नागरिकको उपचारमा केही सहयोग पुग्ने विश्वास छ’ उनले भने ।

उनले यसअघि पनि जेनजी आन्दोलनका क्रममा वीर अस्पताल, सिभिल अस्पताललगायत स्वास्थ्य संस्थालाई फर्चुना हेल्थकेयरका उत्पादन सहयोग गरिएको स्मरण गर्दै विपत्तिको समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने धारणा राखे ।

जीसीले लुम्बिनी लायन्स खेलकुदमार्फत युवासँग र फर्चुना हेल्थकेयर स्वास्थ्य सेवामार्फत नागरिकसँग जोडिएको उल्लेख गर्दै क्षेत्र फरक भए पनि दुवै संस्थाको उद्देश्य नेपालीको साथमा उभिनु नै रहेको बताए ।

‘सहयोग सानो वा ठूलो हुँदैन । सबैले आफ्नो ठाउँबाट गर्ने सानो–सानो सहयोगले पनि प्रभावित परिवारको दुःखमा ठूलो मलम लगाउन सक्छ । फर्चुना हेल्थकेयर सधैं नेपालीको साथमा रहनेछ’ उनले भने ।

फर्चुना हेल्थ केयर रसुवा बाढी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय