+
+
Shares

जेनजी शहीदको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
  • बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले अघिल्लो वर्ष भदौ २३ र २४ गते पनि बिदा दिने निर्णय भएको जानकारी दिए।

१८ भदौ, काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेनजी शहीदको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  गरेको हो ।

अघिल्लो वर्ष भर्दा २३ र २४ गते जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

गत वर्ष भदौ २३ गते काठमाडौं लगागत देशभर जेनजी आन्दोलन भएको थियो । उक्त दिन ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले जेनजी शहीद दिवस मनाउने निर्णय यसअघि नै गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?