+

बाढी प्रभावितका लागि ॐ हस्पिटलले गर्‍यो १५ लाख सहयोग

२०८३ भदौ  १९ गते १३:३९ २०८३ भदौ १९ गते १३:३९
बाढी प्रभावितका लागि ॐ हस्पिटलले गर्‍यो १५ लाख सहयोग

१९ भदौ, काठमाडौं । बाढीबाट प्रभावितका लागि चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ।

ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा अस्पताल, चिकित्सक तथा कर्मचारीहरूको संयुक्त सहभागितामा उक्त सहयोग रकम प्रदान गरिएको हो । विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार कुल १५ लाख रुपैयाँमध्ये अस्पतालको तर्फबाट १० लाख रुपैयाँ, चिकित्सकहरूको तर्फबाट ३ लाख ९९ हजार रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १ लाख १ हजार रुपैयाँ सहयोग गरिएको हो।

रसुवा बाढी सहयोग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय