+

दुवै जना एचआईभी संक्रमित भए यौन सम्बन्धमा कन्डमको प्रयोग अनिवार्य हुन्छ ?

२०८३ भदौ  २३ गते १७:०४ २०८३ भदौ २३ गते १७:०४
Shares
दुवै जना एचआईभी संक्रमित भए यौन सम्बन्धमा कन्डमको प्रयोग अनिवार्य हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुवै पार्टनरमा भाइरल लोड सप्रेस्ड भए यौन सम्पर्कमा कण्डम अनिवार्य नहुन सक्छ, तर एक जनामा भाइरल लोड बढी भए सुरक्षा अपनाउनुपर्छ।

एचआईभी र एड्सको बारेमा समाजमा धेरै गलत धारणाहरू छन् । एचआईभीसँगै बाँचिरहेका मानिसहरूलाई रोगले भन्दा बढी सामाजिक उपेक्षा र भेदभावले धेरै पीडा दिइरहेको हुन्छ । कोही व्यक्तिले एचआईभी भएकै कारण जागिर गुमाउन सक्छ, मित्रता गुमाउन सक्छ, र कहिलेकाहीँ पारिवारिक सहयोग पनि गुमाउन सक्छ ।

यो केवल रोगको कारणले मात्र होइन, सामाजिक बहिष्कारको कारण पनि हो । त्यसकारण, एचआईभी बारेका मिथक र गलत धारणाहरू हटाउनु महत्त्वपूर्ण हुन्छ । यी मिथकहरूले सामाजिक रूपमा समस्या उत्पन्न गराउँछ भने स्वास्थ्य जोखिमहरूमा पनि योगदान पुर्‍याउँछन् । एचआईभीबारे समाजमा रहेका गलत धारणाका कारण मानिसहरू उपचार गर्न जानका लागि समेत अनइच्छुक हुन्छन् । चिकित्सक, स्वास्थ्कर्मीलाई भेट्न हिचकिचाउने हुन सक्छ । व्यवस्थापनयोग्य रोग अझ गम्भीर हुन सक्छ । त्यसकारण, केही एचआईभीबारेका गलत धारणा र मिथकबारे जान्नु र समुदायलाई बुझाउनु महत्वपूर्ण कुरा हो ।

एउटै होइन एचआईभी र एड्स 

डाक्टरहरूले एचआईभी र एड्स एउटै होइनन् भनेर व्याख्या गर्छन् । एचआईभी एक भाइरस हो जसले शरीरको प्रतिरक्षा प्रणालीलाई आक्रमण गर्छ, विशेष गरी सीडी४ कोषहरूलाई क्षति पुर्‍याउँछ । यी कोषहरूले शरीरलाई रोगबाट बचाउँछन् । उचित उपचार पाए भने एचआईभी संक्रमित व्यक्तिले कुनै पनि लक्षणबिना वर्षौंसम्म सामान्य जीवन बिताउन सक्छ ।

एड्स, वा एक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम, एचआईभी संक्रमणको अन्तिम र सबैभन्दा गम्भीर चरण हो । यस चरणमा, शरीरको प्रतिरक्षा प्रणाली धेरै कमजोर हुन्छ । यद्यपि, यो बुझ्नु महत्त्वपूर्ण छ कि एचआईभी भएका सबैलाई एड्स हुँदैन ।

समयमै एचआईभी परीक्षण र एन्टिरेट्रोभाइरल थेरापीको साथ उपचार जारी राख्दा एड्ससम्मको अवस्थामा पुग्न पाउँदैन संक्रमितहरू लामो र स्वस्थ जीवन बाँच्न सक्छन् । एचआईभी अँगालो हाल्ने, खाना जुठो खाने वा एउटै कपडा तथा शौचालय प्रयोग गर्दा सर्दैन । एचआईभी रगत, यौन तरल पदार्थ र एउटै सुईको प्रयोग गर्दा मात्र फैलिन्छ ।

दुवै जना संक्रमित भए यौन सम्पर्क गर्दा सुरक्षा अपनाउनु आवश्यक छ ?

दुवै जना संक्रमित भएको अवस्थामा यौन सम्बन्ध राख्न कुनै सुरुक्षा उपाय अपनाउनु पर्ने अनिवार्य छैन । तर नियमित औषधि खाइरहेको र दुवैको भाइरल लोड सप्रेस्ड हुनुपर्‍यो ।

भाइरल लोड भनेको एक एमएल रगतमा भाइरसको संख्या कति छ भन्ने हो ।

एचआईभी संक्रमितले औषधि नखाएको खण्डमा भाइरल लोड हजारदेखि लाखौंको संख्यामा हुन सक्छ । औषधि खाएपछि परीक्षण गर्दा भाइरस नै नदेखिने तथा एकदमै कम मात्रै देखिने हुन्छ । यस्तो अवस्थालाई भाइरल लोड सप्रेस्ड भनिन्छ ।

यौन सम्बन्ध बनाउने पार्टनर दुवै जना संक्रमित हो र भाइरल लोड सप्रेस्ड छ भने कण्डमको प्रयोग गरिरहनुपर्छ भन्ने हुँदैन । यो कुरा अहिलेका केही नयाँ अध्ययनहरूले पनि भनेका छन् ।

यदि पार्टनरमध्ये एक जनामा भाइरल लोड बढी भएको अवस्थामा भने सुरक्षा प्रोटोकल अपनाउनु नै उत्तम हुन्छ ।

कुनै अवस्थामा दुई जनामा संक्रमण भएको भाइरसको स्ट्रेन्थ फरक हुन सक्छ । तर यस्तो केस दुर्लभ हुन्छ । कुन स्ट्रेन्थको हो भनेर जाँच गर्ने कुरा अहिले हाम्रोमा छैन । त्यसो भएकाले पनि यतातिर धेरै ध्यान दिनु पर्दैन ।

यसलाई धेरै जटिल तरिकाले बुझ्नु भन्दा एउटै कुरा बुझ्नु उचित हुन्छ दुवैमा भाइरल लोड नभएको अवस्थामा समान्य तरिकाले नै यौन सम्बन्ध बनाउँदा हुन्छ । दुई जनामध्ये एक जनामा भाइरल लोड धेरै देखिएको खण्डमा कण्डमको प्रयोग गर्नु राम्रो हो ।

ध्यान दिनुपर्ने कुरा

एचआईभीबाहेक यौन सम्पर्कबाट सर्ने रोग अरू पनि छन् । यदि यौन सम्बन्घ बनाउने पार्टनर नियमित पार्टनर होइन भने यसमा विचार गर्नुपर्छ । एक भन्दा बढी जनासँग यौन सम्बन्ध बनाएको अवस्था छ अथवा अन्य यौन रोगहरू सर्ने जोखिम छ भने कण्डम प्रयोग गर्नु राम्रो हुन्छ ।

एचआईभी संक्रमितले नियमित जाँच गर्ने, नियमित औषधि सेवन गर्ने र नियमित चिकित्सकको सल्लाह लिनु भने जरूरी छ ।

एचआईभी एड्स यौन सम्बन्घ
डा. लीना देवकोटा
लेखक
डा. लीना देवकोटा
चिकित्सक

डा. देवकोटा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालमा कार्यरत छिन् । संक्रामक रोगमा एमबीबीएस गरेकी उनीसँग एचआईभी संक्रमितको उपचार गरेको सात वर्षको अनुभव छ । देवकोटाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९३७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

दुवै जना एचआईभी संक्रमित भए यौन सम्बन्धमा कन्डमको प्रयोग अनिवार्य हुन्छ ?

दुवै जना एचआईभी संक्रमित भए यौन सम्बन्धमा कन्डमको प्रयोग अनिवार्य हुन्छ ?

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार