+

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि ओमानसँग भिड्दै नेपाल

२०८३ भदौ  २४ गते २१:०१ २०८३ भदौ २४ गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार बिहान सवा ७ बजे ओमानसँग खेल्नेछ।
  • नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्।
  • उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनोट हुनेछ भने दुई फाइनलिस्ट र तेस्रो हुने टोली इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन्।

२४ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले बिहीबार बिहान ओमानसँग खेल्दै छ ।

मलेसियाको बायुमास क्रिकेट ओभलमा हुने खेल नेपाली समयअनुसार बिहीबार विहान सवा ७ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल खेल्न लागेको हो भने ओमान समूह ‘बी’ को उपविजेताका रूपमा खेल्दै छ ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएपनि समूहको विजेताकै रूपमा रहेको हो । यता ओमान भने यूएई र कुवेतसँग पराजित भएपनि समूह ‘बी’ मा उपविजेता बन्यो ।

नेपालले समूह चरणमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो भने अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो । हारका बाबजुद नेपाल समूहविजेता बनेको थियो ।

समूह ‘ए’ को उपविजेता बनेको हङकङले बिहीबारै हुने सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ ।

यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनोट हुनेछ । इमर्जिङ टिम्स एसिया कपका लागि भने दुई फाइनालिस्ट स्वत: छनोट हुनेछन् ।

फाइनल पुग्न नसक्ने दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन् । तेस्रो हुने टोली पनि इमर्जिङ टिम्स एसियाका लागि छनोट हुनेछ ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय