+

एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र नेपाल खेल्ने

२०८३ भदौ  २५ गते १२:५८ २०८३ भदौ २५ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बिहीबार सेमिफाइनलमा ओमानलाई हराउँदै मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएको छ।
  • अर्को सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ।
  • नेपाल र यूएईबीचको फाइनल शनिबार हुनेछ, र विजेताले एसिया कपमा स्थान बनाउनेछ।

२६ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

अर्को सेमिफाइनलमा यूएईले हङकङमाथि ७ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो ।

यूएई प्रतियोगितामा अपराजित छ । यूएईले समूह चरणका चारवटै खेल जितेर सेमिफाइनल खेलेको थियो ।

नेपाल भने समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो ।

नेपाल र यूएईबीचको फाइनल खेल शनिबार हुनेछ । उपाधि विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय