News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराउँदै नेपाल भलिबल लिगको पहिलो संस्करणको फाइनलमा प्रवेश गर्यो।
- अन्नपूर्णले पहिलो सेट २५–२१ ले गुमाएपछि लगातार तीन सेट २५–२१, २५–१४ र २५–२० ले जितेर १२ अंकसहित लिग चरण शीर्ष स्थानमा सकायो।
- सगरमाथाको लिग चरणको तेस्रो हारसँगै प्लेअफ पुग्ने सम्भावना समाप्त भयो, र कर्णाली शिवराज तथा काठमाडौं रेड्सले पनि प्लेअफ स्थान सुरक्षित गरे।
२६ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै सोझै फाइनलमा स्थान बनाएको हो ।
पहिलो सेट २५–२१ ले गुमाए पनि अन्नपूर्णले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट २५–२१, २५–१४ र २५–२० ले आफ्नो पक्षमा पार्यो ।
प्रतियोगिताको पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्णले त्यसयता लगातार चार खेल जित्दै १२ अंकसहित लिग चरण शीर्ष स्थानमा रहेर समाप्त गरेको छ ।
यता, सगरमाथाले लिग चरणमा तेस्रो हार बेहोरेपछि प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । यस नतिजासँगै कर्णाली शिवराज र काठमाडौं रेड्सले पनि प्लेअफमा स्थान सुरक्षित गरेका छन् ।
समूह चरणमा बाँकी दुई खेल आजै हुनेछन् । फाइनल खेल २७ भदौमा हुनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ





प्रतिक्रिया 4