News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले प्रतिनिधिसभामा दाङमा तीन महिनादेखि ग्यासको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
- उनले ‘दाङमा तीन महिनादेखि ग्यासको अभाव हुनु सामान्य विषय होइन’ भन्दै ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरे ।
- सुवेदीले तत्काल बजार अनुगमन गरी कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गर्न पनि भने ।
२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले दाङमा तीन महिनादेखि ग्यासको अभाव रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषयमा सरकारको ध्यानाकर्षण गरे ।
‘दाङमा तीन महिनादेखि ग्यासको अभाव हुनु सामान्य विषय होइन’ उनले भने, ‘सरकारसँग आग्रह गर्दछु– ग्यासको सहज आपूर्ति सुनिश्चित गरियोस् । तत्काल बजार अनुगमन गरियोस् । कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गरियोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4