News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्स महिला क्रिकेटमा पाकिस्तान, श्रीलंका, बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् ।
- बंगलादेश र चीनबीचको क्वाटरफाइनल वर्षाका कारण रद्द भएपछि बंगलादेश वरियताका आधारमा सेमिफाइनलमा छनोट भएको थियो ।
- पाकिस्तानले थाइल्यान्डलाई, श्रीलंकाले मलेसियालाई र भारतले जापानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् ।
२ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ ।
८ टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वाटरफाइनलका खेलहरू भएका थिए ।
बंगलादेश र चीनबीचको पहिलो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमिफाइनलका लागि छनोट भएको थियो ।
दोस्रो क्वाटरफाइनलमा पाकिस्तानले थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो ।
तेस्रो क्वाटरफाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वाटरफाइनलमा भारतले जापानलाई हरायो ।
अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन् । सेमिफाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन् ।
भारत यसअघिको स्वर्ण पदक विजेता हो ।
प्रतिक्रिया 4