News Summary
Generated by OK AI. Editorially reviewed.- सीआईबीले अखिल नेपाल फुटबल संघको मुख्यालय सादोबाटोमा छापा मारी पदाधिकारीसँग सोधपुछ गरेको छ।
- एन्फामा आर्थिक अनियमितताको उजुरीपछि सीआईबीले अनुसन्धान थालेको हो।
- सीआईबीले अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
२ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई केरकार गरेको छ। मुख्यालय सादोबाटोमा छापा मारेको सीआईबीले पदाधिकारीमाथि पनि केरकार गरेको हो।
सीआईबी स्रोतले एन्फा पदाधिकारीसँग सोधपुछ गरिरहेको पुष्टि गर्यो। ‘अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएका छौं । त्यस विषयमा पदाधिकारीहरुसँग सोधपुछ गरिराखेका छौं,’ स्रोतले भन्यो।
एन्फामा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान थालेको थियो। सोही विषयको अनुसन्धानका लागि सीआईबीले एन्फा मुख्यालयमा छापासँगै पदाधिकारीमाथि केरकार गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4