News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा हुने २०औं एसियन गेम्सको उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा चन्द्रबहादुर थापा र मानमती विष्टले बोक्ने भएका छन् ।
- राष्ट्रिय खेलकुद परिषद्ले सामाजिक सञ्जालमार्फत चन्द्रबहादुर र मानमतीलाई झण्डा बोक्ने जानकारी दिएको हो ।
- चन्द्रबहादुर दुबईको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता हुन् भने मानमती १९औं एसियन गेम्समा नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन् ।
२ असोज, काठमाडौं । जापानमा हुने २०औं एसियन गेम्सको उद्घाटन समारोहको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सामाजिक सञ्जालमार्फत उद्घाटन समारोहको मार्च पास्टमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीले बोक्ने जानकारी दिएको हो ।
चन्द्रबहादुर दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता हुन् भने मानमती १९औं एसियन गेम्समा नेपाली महिला कबड्डी टोलीले ऐतिहासिक कांस्य जित्दा टोलीकी कप्तान थिइन् ।
२०औं एसियन गेम्सको उद्घाटन शनिबार हुँदैछ ।
प्रतिक्रिया 4