फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर घाइते युवकलाई विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको छ ।
- घाइते युवकको तिघ्रामा गोली लागेको छ र उनको नाम खुलेको छैन ।
- प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार गोली चल्नुको कारण खुलेको छैन र प्रहरी घटनास्थलतर्फ गएको छ ।
३ असोज, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्साइमा चलेको गोली लागेर घाइते भएका युवालाई अस्पताल लगिएको छ ।
उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको हो । घाइते भएका युवकको तिघ्रामा गोली लागेको छ ।
घाइतेको नाम भने खुलेको छैन । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
गोली के कारणले चलेको भन्ने पनि नखुलेको नखुलेको उनले बताए ।
‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले अनलाइनखबरसँग भने ।
उनले पनि घटनाको कारणबारे बुझ्ने काम भइरहेको बताए । स्थानीयहरूले गोली चलेको खबर गरेपछि प्रहरी त्यसतर्फ गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4