+
+
Shares

देवानगञ्जमा गोली लागेर घाइते युवकको परिचय खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १८:५९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा शनिबार बेलुका अज्ञात समूहको गोली लागेर निरज यादव घाइते भएका छन्।
  • प्रहरीका अनुसार यादवको तिघ्रामा गोली लागेको छ र उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
  • डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने समूहको पहिचान खुलेको छैन, र थप क्षति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ।

३ असोज, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् ।

शनिबार बेलुका  अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी दिए ।

प्रहरीका अनुसार उनको तिघ्रामा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने समूहको पहिचान खुलेको छैन ।

डीएसपी खड्काले घटना संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । अन्यको खोजी भइरहेको छ । ‘घाइतेको तिघ्रामाथि चोट छ, गोली लागेको भनिएको छ, तर हतियार बरामद भएको छैन,’ उनले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं ।’

गोली चलेपछि स्थानीय आक्रोशित भएका छन् । थप क्षति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?