News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राइटनले शनिबार आर्सनललाई ३-० ले हराएर इंग्लिस प्रिमियर लिगमा आर्सनलको यो सिजनको पहिलो हार गराएको छ।
- ब्राइटनका पास्कल ग्रस, चारालाम्पोस कोस्तुलास र चेमा आन्द्रियसले १-१ गोल गरे।
- जितपछि ब्राइटन ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ, भने आर्सनल ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमै छ।
३ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले पहिलो हार बेहोरेको छ ।
शनिबार बेलुका भएको खेलमा ब्राइटनले आर्सनललाई ३-० ले पराजित गरेको हो । ब्राइटनको जितमा पास्कल ग्रस, चारालाम्पोस कोस्तुलास र चेमा आन्द्रियसले १-१ गोल गरे ।
खेलको ३१औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कोस्तुलासले अग्रता दोब्बर पारे ।
आन्द्रियसले ५७औं मिनेटमा गोल थप्दै ३-० को जित पक्का गरे ।
जितपछि ब्राइटन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । हारका बाबजुद ५ खेलमा १२ अंकसहित आर्सनल दोस्रो स्थानमै छ ।
शनिबार बेलुका नै भएका अन्य खेलमा एभर्टनले इप्सविच टाउनलाई १-० ले हराउँदा न्युकासलले हल सिटीलाई २-१ ले हरायो ।
टोटनहमलाई एस्टन भिल्लाले ३-२ ले पराजित गर्यो ।
प्रतिक्रिया 4