+

२०औं एसियन गेम्स : करातेकी सानुमाया पराजित, उसुका विजय १९औं

२०८३ असोज  ४ गते १०:२५ २०८३ असोज ४ गते १०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला एकल काताको अन्तिम १६ मा सानुमाया थिङ कोरियाकी चो हाउनसँग ५–० ले पराजित भइन् ।
  • उसुका विजय सिंजाली मगर पुरुष चानक्वानमा २१ खेलाडीमध्ये १९औं भए र दुई खेलाडीलाई मात्र पछि पारे ।
  • महिला कराते कुमुतेको +६८ केजीमा आज एरिका गुरुङले प्रतिस्पर्धा गर्दैछिन् ।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला कराते एकल काता विधामा नेपालकी सानुमाया थिङ पराजित भएकी छन् ।

तोयोहाशी जिम्नेसियममा आइतबार बिहान भएको महिला एकल काता विधाको अन्तिम १६ प्रतिस्पर्धामा उनलाई कोरियाकी चो हाउनले ५–० ले पराजित गरेकी हुन् ।

यस्तै उसु खेलाडी विजय सिंजाली मगरले पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । सोझै फाइनल भएको पुरुष चानक्वान विधामा उनी १९ नम्बरमा रहे ।

२१ खेलाडी सहभागी उक्त विधामा विजयले दुई खेलाडीलाई मात्र पछि पार्न सके ।

महिला करातेको कुमुते विधा अन्तर्गत +६८ केजीमा आज एरिका गुरुङले प्रतिस्पर्धा गर्दैछिन् ।

२०औं एसियन गेम्स विजय सिंजाली सानुमाया थिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय