+

महिला टी-२०आईमा स्मृति मन्धनाले बनाइन् कीर्तिमान

२०८३ असोज  ४ गते १७:०९ २०८३ असोज ४ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतकी उपकप्तान स्मृति मन्धनाले बंगलादेशविरुद्ध १९ बलमा ३७ रन बनाउँदै महिला टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाइन्।
  • मन्धनाले न्युजिल्यान्डकी सुजी बेट्सलाई पछि पार्दै महिला टी–२० अन्तर्राष्ट्रियमा ४,७५१ रन पुर्‍याइन्।
  • सन् २०१३ मा अन्तर्राष्ट्रिय डेब्यु गरेकी मन्धनाका नाममा तीनै फर्म्याटमा १०,९५० अन्तर्राष्ट्रिय रन छन्।

४ असोज, काठमाडौं । भारतकी उपकप्तान स्मृति मन्धनाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएकी छन् ।

एसियन गेम्सअन्तर्गत बंगलादेशविरुद्धको सेमिफाइनलमा १९ बलमा ३७ रन बनाउने क्रममा मन्धनाले न्युजिल्यान्डकी सुजी बेट्सलाई पछि पार्दै नयाँ इतिहास रचेकी हुन् ।

सन् २०१३ मा भारतबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी ३० वर्षीया मन्धना महिला क्रिकेटकी सबैभन्दा सफल ब्याटरमध्ये एक हुन् । उनले हालसम्म महिला टी–२० अन्तर्राष्ट्रियमा ४,७५१ रन बनाएकी छन् ।

यसअघि २०२६ को महिला एसिया कपमा हङकङ विरुद्ध खेल्ने क्रममा मन्धनाले महिला अन्तर्राष्ट्रिय क्रिकेटमै सर्वाधिक रन बनाउने कीर्तिमान पनि बनाएकी थिइन् । हाल उनका नाममा तीनै फर्म्याटमा गरी १०,९५० अन्तर्राष्ट्रिय रन रहेका छन् ।

बायाँहाते ओपनर मन्धानले एकदिवसीय क्रिकेटमा १४ तथा टी–२० अन्तर्राष्ट्रियमा २ शतक प्रहार गरिसकेकी छन् । उनी आईसीसी महिला ओडीआई ब्याटिङ वरियताको शीर्षस्थानमा रहँदा टी–२० अन्तर्राष्ट्रिय वरियतामा पाँचौं स्थानमा छिन् ।

स्मृति मन्धना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय