News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत टोकियो एक्वाटिक्स सेन्टरमा भएको स्वीमिङमा नेपालका जिदेन श्रेष्ठ, आर्या महर्जन, डुवाला लामा र इर्भिन श्रेष्ठ हिट चरणबाटै बाहिरिएका छन्।
- सय मिटर ब्रेस्टस्ट्रोकमा जिदेन ३६ जनामध्ये ३०औं, महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा आर्या ३१ जनामध्ये २७औं र महिला २ सय मिटर फ्रिस्टाइलमा डुवाला २१ जनामध्ये १९औं भइन्।
- पुरुष ५० मिटर फ्रिस्टाइलमा इर्भिन ४७ जना प्रतिस्पर्धीमध्ये ३८औं भए, र उनले २४.५६ सेकेन्डमा दूरी पूरा गरे।
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत स्वीमिङमा नेपालका ४ खेलाडी हिट चरणबाटै बाहिरिएका छन् । जापानको टोकियो एक्वाटिक्स सेन्टरमा सोमबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जिदेन श्रेष्ठ, आर्या महर्जन, डुवाला लामा र इर्भिन श्रेष्ठ हिट चरणबाटै बाहिरिएका हुन् ।
सय मिटर ब्रेस्टस्ट्रोक विधामा नेपालका जिदेन ३६ जनामध्ये ३०औं नम्बरमा आए । उनले निर्धारित दुरी एक मिनेट ०८.०१ सेकेन्डमा पूरा गरे । महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालकी आर्या हिट चरणमै रोकिनन् । उनी ३३.४० सेकेन्डमा पूरा गर्दै ३१ जनामध्ये २७औं नम्बरमा रहिन् ।
यस्तै महिला २ सय मिटर फ्रिस्टाइलमा नेपालकी डुवानाले २१ जनामध्ये दुई जनालाई मात्र पछि पार्न सकिन् । उनले निर्धारित दुरी २ मिनेट १५.४० सेकेन्डमा पूरा गरिन् । पुरुष ५० मिटर फ्रिस्टाइलमा नेपालका इर्भिन ३८औं नम्बरमा रहे । ४७ जना सहभागी प्रतिस्पर्धा इर्भिनले २४.५६ सेकेन्डमा पूरा गरे ।
यसअघि आइतबार भएको सय मिटर फ्रिस्टाइलमा इर्भिन ३६औं स्थानमा रहँदै हिट चरणबाटै बाहिरिएका थिए । उनले ५४.०३ सेकेन्डमा दुरी पूरा गरेका थिए । सोही विधामा अविभ प्रधान ५२.७४ सेकेन्डमा दुरी पूरा गर्दे २८औं स्थानमा रहे । स्विमिङका अझै केही विधामा नेपालको प्रतिस्पर्धा बाँकी छ ।
प्रतिक्रिया 4